BOLLYWOODHOLLYWOOD

नेपाली चेली मनिषा अभिनित हिरामण्डीको बढ्दो लोकप्रियता

सिनेमा संसार संवाददाता
काठमाडौं
काठमाडौं निर्देशक सञ्जय लिला भन्सालीको वेब सिरिज हिरामन्डी नेटफ्लिक्समा रिलिज भएको मध्ये सबै भन बढि हेरिएको सिरिज बनेको छ । रिलिजको १२ दिनमा यो वेब सिरिजले ३ करोड ३० लाख भ्युज पाएको छ । रोचक दृश्य र कथाको कारण चर्चा पाइरहेको यो सिरिज ४३ मुलुकमा धेरै हेरिने १० उत्कृष्ट सिरिजमध्ये परेको छ । गैरअंग्रेजी भाषाको सूचीतर्फ भने यो सिरिज दोस्रो स्थानमा छ । पहिलो स्थानमा ‘द असुन्टा केस’ छ ।
हिरामन्डीमा भारतको स्वतन्त्रतापूर्वको युग खासगरी सन् १९२० र १९४० को बिचको कथा छ । यसमा हिरामण्डीका नगरबधुहरूको जीवनलाई देखाइएको छ । तिनीहरूको जटिल सम्बन्ध र त्यतिबेलाको सामाजिक र राजनीतिक गतिशीलतालाई उजागर गरेको छ । बेलायती साम्राज्य र स्वतन्त्रताको लडाइँलाई पनि यसमा देखाइएको छ ।वेब सिरिजमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, शर्मिन सहगल र सञ्जीदा शेख जस्ता कलाकारको अभिनय रहेको छ । सिरिजमा फरदीन खान, तह शाह बदुशा, शेखर सुमन र अध्ययन सुमनको पनि महत्त्वपूणर् भूमिका छ । ८ भागको यो वेब सिरिजले भव्य सेट डिजाइन, पोसाक श्रृगार आदीका कारण लोकप्रियता पाएको छ ।

Related Articles

Back to top button