दर्शक भेट्न बनेपा पुगिन् पूजा

सिनेमा संसार संवाददाता
काठमाडौं। शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा उपहारले सोमबार बनेपाको शुभकामना हलमा हाउसफूल व्यापार गरेको छ । सोमबार सिनेमाका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्री पूजा शर्मा, कलाकार अंशु थापालगायतको टोली उक्त हल पुगेको थियो ।
अभिनेत्री पूजा शर्मा सिनेमा रिलिज भएपछि हरेक दिन दर्शकको प्रतिक्रिया बुझ्न हल–हल पुगिरहेकी छन् । शुभकामना हलका सञ्चालक दुर्गा प्रधानले सोमबार सिनेमाले राम्रो व्यापार गरेको जानकारी गराए । सिनेमाको टिम नै हलमा आएपछि भोलिदेखि हलमा अझ अकुपेन्सी बढ्नेमा आफू ढुक्क रहेको दाबी गरे ।
रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ । फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतले अभिनय गरेका छन् ।




