CINEMAEVENT

यस्तो छ ट्रेलरमा रोज

सिनेमा संसार संवाददाता
काठमाडौं
आगामी २२ भदौबाट देशव्यापी रिलीज हुने सिनमो रोजको ट्रेलर बिहिबार राजधानीमा एक समारोहबीच रिलिज गरिएको छ।
२ मिनेटभन्दा लामो ट्रेलरमा अभिनेता प्रदीप खड्कालाई प्रेमिकाको हत्याराको रुपमा प्रस्तुत गरिएको छ। जसमा उनले प्रेमीको हत्या नगरेर मुत्ति दिएको सम्बाद बोलेका छन्। हत्या गरिएकी रोजी महर्जनका परिवारसँगको लामो वार्तापछि यो सिनेमाको नाम रोजीबाट रोज बनाईएको हो। ट्रेलर रिलिज समारोहमा निर्देशक निरक पौडेलले यो सिनेमाको रोजी महर्जन हत्याकाण्डसँग कुनै सम्बन्ध नरहेको बताए।
बिगतका सिनेमामा प्रेमिकालाई सर्वाधिक माया गर्ने प्रदीप खड्काल सिनेमामा प्रेमिकाको हत्या गर्नु पर्दाको भूमिका निर्वाह गर्दाको अनुभव बारे भने, ‘प्रेमिकाको हत्या गर्ने प्रेमीका भूमिका डुब्न मलाई केही समय त लाग्यो। तर पछि यो भूमिकालाई मैले सार्थक तुल्याएको छु।’ प्रदीपले एउटा कलाकार भएपछि हरेक प्रकारको भूमिका निर्वाह गर्नु पर्ने चर्चा गर्दै यसपटक आफुलाई दर्शकले बिगतभन्दा केही फरक भूमिकामा पाउने दाबी गरे।
कार्यक्रममा अभिनेता कर्मा र अभिनेत्री मिरुना मगरले पनि सिनेमामा काम गर्दाका आफ्ना अनुभव सुनाए। सिनेमालाई निकिता पौडेल र मणिकरण केसीले संयुत्तरुपमा निर्माण गरेका हुन्।
गोपिकृष्ण मूभिज र आरोही फिल्म्स्को व्यानरमा निर्मित सिनेमामा अभिनेता प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा, मिरुना मगर, कर्मालगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

 

Related Articles

Back to top button