MUSIC

रेनुकाको कलकल बग्ने झरना

सिनेमा संसार संवाददाता
काठमाडौं
नवगायिका रेनुका थापाले पनि नयाँ गीत सार्वजनिक गरेकी छन्। उनले लोक तथा दोहोरी एल्वम झरनामा समावेश कलकल बग्ने झरना वोलको गीत सार्वजनिक गरेकी हुन्।
गीतमा सुजन लम्सालको शब्द तथा लय रहेको छ। जसमा गायक यज्ञ बिक र नवगायिका रेनुका थापाले स्वर दिएका छन्।
गीतको म्युजिक भिडियोलाई काठमाडौंको बालाजुस्थित बालाजी फिल्मसमा छायांकन गरिएको छ। एकता फिल्मसको निर्माण रहेको यस गीतको भिडियोलाई निर्देशक तथा कोरियोग्राफर मौसम हिमालीले निर्देशन र कोरियोग्राफी गरेका छन्। भिडियोमा गायक तथा मोडल रामजी खाँण र मोडल पुर्णिमा श्रेष्ठको साथमा अन्य साथीहरुको नृत्य रहेको छ।
गीतलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् भने नविन घर्ती मगरले सम्पादन गरेका हुन्।

Related Articles

Back to top button