MUSIC

वर्षाको भिडियो

सिनेमा संसार संवाददाता
काठमाडौं
गायक रुपक डोटलको नयाँ गीत फर्की आउँछौको म्युजिक भिडियो रिलीज भएको छ। हालै युट्युबबाट रिलीज गरिएको गीतमा अकेला आँशुको शब्द र संगीत रहेको छ।सिनेमामा व्यस्त नायिका बर्षा सिवाकोटी र मोडल विकास लामिछानेको अभिनय रहेको गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन्। गीतमा प्रेममा स्वार्थको अल्झनलाई देखाउन खोजिएको छ। सिमित स्वार्थको लागि प्रेममा भएको धोका भिडियोले बोलेको छ। अनिल के. मानन्धरको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

https://youtu.be/jKSASbCXrJM

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button