CINEMANEWS

सिनेमाका प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान

सिनेमा संसार
काठमाडौं
चलचित्र विकास बोर्डले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिममा सहभागी प्रशिक्षार्थीलाई बोर्डको हलमा आयोजित विशेष कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको छ।
नेपाली सिनेमा क्षेत्रलाई थप दक्ष, व्यावसायिक र अन्तर्राष्ट्रिय प्रतिस्पर्धायोग्य बनाउने उद्देश्यका साथ सञ्चालन गरिएका तालिमअन्तर्गत सहभागीले प्रमाणपत्र प्राप्त गरेका हुन्। बोर्डले पछिल्लो समय सिनेमा क्षेत्रसँग सम्बन्धित विभिन्न विधामा एकसाथ तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ। ड्रोन सञ्चालन, घोडाचढी, पौडी, एआई तथा अन्य प्राविधिक पक्षसँग सम्बन्धित यस्ता तालिमले कलाकार र प्राविधिकलाई व्यावसायिक रूपमा थप सक्षम बनाउने विश्वास बोर्डले लिएको छ।
कार्यक्रममा बोल्दै बोर्डका अध्यक्षले सीपलाई औपचारिक मान्यता दिने प्रक्रिया भविष्यका अवसरसँग प्रत्यक्ष जोडिएको उल्लेख गरे। उनले सिनेमा क्षेत्रमा केवल प्रतिभा मात्र होइन, प्रमाणित दक्षता, अनुशासन र पेशागत विश्वसनीयता पनि उत्तिकै आवश्यक रहेको बताए।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीको मेहनत, अनुशासन र सिकाइप्रतिको समर्पणको प्रशंसा गर्दै प्रमाणपत्रलाई केवल कागजी औपचारिकता नभई भविष्यको करियर निर्माणसँग जोडिएको महत्त्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरिएको थियो।
चलचित्र विकास बोर्डले आगामी दिनमा पनि नेपाली सिनेमा क्षेत्रका कलाकार, प्राविधिक तथा नयाँ पुस्तालाई लक्षित गर्दै यस्ता व्यावसायिक तालिमलाई निरन्तरता दिने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button