MUSICNEWS

१३औं म्युजिक खबर म्युजिक अवार्डका लागि आवेदन खुला

सिनेमा संसार
काठमाडौं
१३औं म्युजिक खबर म्युजिक अवार्ड २०८२ का लागि गीत सहभागी गराउन आवेदन खुला गरिएको छ। म्युजिक खबरको प्रस्तुति तथा शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको अवार्डका लागि आवेदन फाराम सार्वजनिक गरिएको हो।
१३ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस अवार्डमा आफ्ना सिर्जना सहभागी गराउन इच्छुकले एभेन्टोज नेपालमार्फत अनलाइन फाराम भर्न सक्नेछन्। साथै म्युजिक खबरको कार्यालयमा उपस्थित भएर पनि गीत दर्ता गराउन सकिने व्यवस्था गरिएको आयोजकले जनाएका छन्।
अवार्डमा २०८१ वैशाखदेखि २०८२ असार मसान्तसम्म सार्वजनिक भएका गीतसंगीतलाई सहभागी गराइनेछ। यस वर्ष अवार्डमा गीतसंगीतका विभिन्न ३६ विधा समावेश गरिने जनाइएको छ। राष्ट्रिय भाव, पप, सिनेमा, लोकदोहोरी र आधुनिक विधाका विभिन्न स्रष्टा, सिर्जना, प्राविधिक तथा कलाकारलाई म्युजिक खबर म्युजिक
आयोजक संस्थाका अध्यक्ष सुमन बैरागीका अनुसार नेपाली गीतसंगीतलाई प्रोत्साहन गर्दै स्रष्टा र कलाकारको योगदानलाई सम्मान गर्ने उद्देश्यले अवार्ड आयोजना गरिँदै आएको हो। नेपाली मौलिक गीतसंगीतको विकास र सिर्जनशील व्यक्तित्वलाई थप प्रेरणा दिन अवार्डले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको रहेको उनले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button