CINEMANEWS

आबाट आमाको गीतलाई २ दिनमै २३ लाख भ्यूज

सिनेमा संसार
काठमाडौं
सामाजिक कथमा निर्मित सिनेमा आबाट आमामा समावेश गीत जाँदैछु नौ डाँडा काटेर ले युट्युबमा २ दिनमै २३ लाखभन्दा बढि भ्युज पाएको छ।
गत माघ १ गते सार्वजनिक गरिएको गीतले हालसम्म २३ लाख १५ हजारभन्दा बडि भ्युज पाइसकेको छ। गीतलाई ७६ हजारले मन पराएका छन् भने २३ सयले प्रतिक्रिया दिएका छन्। गीत रिलिज भएको एक घण्टामा नै तीन लाखभन्दा बढि दर्शकले हेरेका थिए। कमेन्टकर्ताहरुले गीतले भावुक बनाएको प्रतिक्रिया दिँदै कलाकारहरुको अभिनयको प्रशंसा गरेका छन्।
गीतको भावले मन नलागि नलागि परदेशिन बाध्य पारेको वास्तविकताको उजागर गरेको छ। पल शाह, विपना थापा र प्रदीप रावतको जीवन्त अभिनयले दर्शकलाई छोएको छ। ह्रस्व–दीर्घ निर्देशन गरेर खारिएका निर्देशक चन्द्र पन्तले दर्शकको मनोभाव बुझेर सिनेमा निर्माण गरेको बताए। उनका अनुसार अहिले देशमा भइरहेको कथालाई सिनेमाको मुख्य कथा बनाइएको छ।
गीतको भिडियोमा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायतको अभिनयलाई दर्शकले मन पराएका छ। किरण परियार र शान्तीश्री परियारले गाएको गीतमा शब्द र संगीत अभि सुनारको रहेको छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण गरिएको सिनेमाको कथा तथा पटकथा निर्देशक चन्द्र पन्तले नै लेखेका हुन्। सिनेमामा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, रबिन्द्र झा, गजित बिष्ट, बेगम नेपालीलगायतका कलाकारले अभिनय गरेका छन्।

 

Related Articles

Check Also
Close
Back to top button