
सिनेमा संसार
काठमाडौं
अभिनेता आर्यन सिग्देलको नयाँ म्युजिकल सिनेमा बानी सार्वजनिक गरिएको छ।
भावनात्मक अभिव्यक्तिमा केन्द्रित यो भिडियोले प्रेम, दूरी र बिछोडको कथा कलात्मक रूपमा प्रस्तुत गरेको छ। सिनेमा ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक गरिएको हो। दिनेश क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार पारिएको बानीको कन्सेप्ट पनि उनकै हो। भिडियोमा आर्यनसँगै करुणा श्रेष्ठ रोमान्टिक भावमा देखिएकी छन्। भिडियोले नेपालको एक युवक र सिक्किमकी एक युवतीबीचको प्रेम सम्बन्धलाई कथावस्तु बनाएको छ, जहाँ प्रेमपछि आउने उतार–चढाव र बियोगान्त मोडले दर्शकलाई भावुक बनाउने प्रयास गरेको छ। आर्यन र करुणासँगै सबिन कट्टेल र सुस्मिता श्रेष्ठको अभिनयले कथालाई थप जीवन्त बनाएको छ।
बानीमा संवाद लेखन दिनेश क्षेत्री र केशव भट्टराईको, छायाँकन उत्सव दाहालको, सम्पादन विकास दाहालको र निर्देशन सुब्रत आचार्यको रहेको छ।




