CINEMANEWS

कल्लीको बलियो टिजर

सिनेमा संसार
काठमाडौं
आगामी फागुन १ गतेबाट रिलिजमा आउने सिनेमा कल्लीको टिजर सार्वजनिक गरिएको छ। फरक बिषयवस्तुको सार्वजनिक टिजर बलियो देखिएको छ।
किरण नेपालीको निर्माणमा तयार भएको सिनेमा लक्ष्मण सुनारले निर्देशन गरेका छन्। सुनारकै कथा रहेको सिनेमा महेश दवाडीले लेखेका छन्। उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोग राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री, श्याम मगर, बालकलाकार उपेश ढकाल, मञ्जिला बाँनिया, समर्पण खतिवडालगायतले अभिनय गरेको सिनमामा नायिका परिक्षा लिम्बुलाईसरप्राइज प्याकेजको रुपमा टिजरको अन्तिममा प्रस्तुत गरिएको छ।
भगवान् र राक्षसको कथा प्रस्तुत गरिएको सिनेमामा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत, मामा एनबी महर्जनको एक्सन, निसाल पौडेलको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

Related Articles

Back to top button