CINEMANEWS

भक्तपुरको हनुमान मन्दिरबाट शुरु भयो बम बिहारी

सिनेमा संसार
भक्तपुर
भक्तपुरको हनुमान मन्दिरमा पुजा गर्दै बम बिहारी नामक सिनेमाको बुधबार शुभ मुर्हत गरिएको छ।
मुहुर्तसँगै आजैबाट सिनेमाको छायांकन पनि सुरु गरिएको छ। सिनेमा डिएमएस मल्लको डेब्यु निर्देशनमा निर्माण हुनेछ। उनले झण्डै ५० म्युजिक भिडियोको निर्देशन गरेका छन्। सिनेमाको छायांकन तालिका एक महिना राखिएको निर्देशक मल्लले जानकारी गराएका छन्। उनका अनुसार छायांकन काठमाडौंसँगै नेपालगन्जमा पनि गरिनेछ। नेपाली भूमिको आमा र भारतीय भूमिको बुबाको एक छोराको कथा बम बिहारीमा हुनेछ। बम बिहारी कथा एक पात्रको वरिपरी घुम्नेछ। ‘पछिल्लो समय सिनेमामा नयाँ कलाकार भएपनि कथा र मेकिङ राम्रो छ भने दर्शक हलसम्म गएको उदाहरण धेरै छन्। त्यसैले मलाई विश्वास छ सिनेमा राम्रो हुनेछ र दर्शकलाई मन पर्नेछ’ सिनेमाको निर्माण शुरु भएसँगै निर्देशक मल्लले भने। सिनेमामा कथा र लगानी पनि निर्देशक डिएमएस मल्लकै रहनेछ।
सुरबिर पण्डित, सुमन ज्योती न्यौपाने (ल्यांग्री दादा), ध्रुब बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुष्कर राउत, सम्राट क्षेत्रीलगायतले अभिनय गर्ने सिनेमामा अनुपम चौधरीको गीत, सुरेन्द्र बसेलको कोरियोग्राफी, रामेश्वर हुमागाईंको टिमको छायाँकन र गौतमराज खड्काको सम्पादन रहनेछ।

Related Articles

Back to top button