BOLLYWOODHOLLYWOODNEWS

राजकुमार राव र पत्रलेखालाई पहिलो सन्तान लाभ

सिनेमा संसार
काठमाडौं

बलिउड अभिनेता राजकुमार राव र उनकी श्रीमती पत्रलेखाले शनिबार छोरीलाई जन्म दिएका छन्। यो जोडीको चौथो वैवाहिक वर्षगाँठको छेकोमा पहिलो सन्तान प्राप्त भएको हो।

इन्स्टाग्राममार्फत उनीहरूले पुत्रीलाभ भएको खबर सार्वजनिक गरेपछि प्रशंसक खुसी भएका छन्। दुवैले सामाजिक सञ्जालमा छोरीलाई भगवानले दिएको सबैभन्दा ठूलो वरदान भन्दै खुसी व्यक्त गरे।

जुलाई ९ मा इन्स्टाग्राममार्फत उनीहरूले पहिलो सन्तानको स्वागत गरिरहेको घोषणा गरेका थिए। राजकुमारले क्याप्सनमा ‘धेरै खुसी’ लेखेका थिए।

पत्रलेखा र राजकुमारको विवाह १५ नोभेम्बर २०२१ मा भएको थियो। उनीहरूको पहिलो भेट सिनेमा सिटीलाइट्स को सेटमा भएको थियो।

पत्रलेखाले हालै हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा बच्चा जन्मिनेबित्तिकै उनीहरू न्युजिल्याण्डको दक्षिणी भाग यात्रा गर्ने योजनामा रहेको बताएकी छिन्। उनले भनिन्, “बच्चा जन्मिएपछि हामी न्युजिल्याण्डको दक्षिणी भाग घुम्नेछौं, किनकि हामीले त्यो भाग देखेका छैनौं। यो अब हाम्रो बकेट लिस्टमा छ। सायद बच्चासँगै बन्जी जम्पिङ वा अन्य कुनै साहसिक गतिविधि गर्नेछौं।”

अन्तर्वार्तामै, उनले आफ्नो पछिल्लो न्युजिल्याण्ड यात्राको समयमा आफू गर्भवती भएको थाहा पाएको र त्यही अवसरमा राजकुमार कस्ता बुबा बन्ने हुन् भन्ने संकेत पाइे रहेको खुलासा गरेकी थिइन्।

राजकुमार रावले शाहिद, काई पो चे, अलीगढ, छलांग, स्त्री, बरेली की बर्फी, न्यूटन र लुडो जस्ता सिनेमामा अभिनय गरिसकेका छन्।अभिनेत्री पत्रलेखाको पूरा नाम पत्रलेखा पल हो। उनी सिनेमा सिटीलाइट्स बाहेक नानु की जानु र वेब सिरिज आईसी ८१४ : द कान्दाहार हाइज्याक मा पनि देखा परेकी छिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button