EVENTNEWS

मिसेस नेपाल वर्ल्ड २०२५ का ३० प्रतियोगीलाई स्यास र ट्याग नम्बर प्रदान

सिनेमा संसार

काठमाडौं

विवाहित महिलाहरूबीच हुँदै आएको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२५ को अन्तिम चरणमा चयन भएका ३० जना महिलालाई शुक्रबार राति राजधानीमा भव्य रूपमा आयोजित कार्यक्रममा स्यास र ट्याग नम्बर प्रदान गरिएको छ।

प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न स्यासिङ सेरोमनीमा सहभागीले आफ्नो परिचय प्रस्तुत गर्दै ग्र्यान्ड फिनालेको झल्को दिएका थिए।

आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यस वर्ष गृहिणी, व्यवसायी, स्वास्थ्यकर्मी, फेसन डिजाइनर, शिक्षासेवी, कर्मचारी, नर्स, महिला अधिकारवादी, कानुन व्यवसायी, समाजसेवी, चिकित्सक, इन्जिनियरदेखि पाइलटसम्मका विविध पृष्ठभूमिका महिला अन्तिम प्रतिस्पर्धामा पुगेका छन्।

प्रतियोगितामा सुदूरपश्चिमदेखि तराई र हिमालसम्मका महिला सहभागी छन्। तिनीहरूमध्ये सुदूरपश्चिमबाट विद्या चौहान, सर्लाहीबाट कञ्चन झा, लुम्बिनीबाट तारा खनाल र रक्षा पन्त, ललितपुरबाट श्रीनी ढक्वा, रविना महर्जन, कल्पना विष्ट, रञ्जना बुधाथोकी, कुसुम खड्का र श्रीजना बिष्ट, विराटनगरबाट पुजन ढकाल, काभ्रेपलाञ्चोकबाट अरुणा लामा, नेपालगञ्जबाट एलिना केसी, चितवनबाट सञ्जु भट्ट, खोटाङबाट इमायुङ राई, सुजाता खनाल, रोजी थापा र चन्द्रकला राई, रामेछापबाट निर्मला सुनुवार, इटहरीबाट दीपिका तामाङ, तेह्रथुमबाट सुम्निमा खापुङ, कीर्तिपुरबाट बिनिता अधिकारी, नवलपरासीबाट गंगा लामिछाने, स्याङ्जाबाट विष्णु भण्डारी, मकवानपुरबाट सरस्वती विश्वकर्मा, भक्तपुरबाट सुभाना रोक्का, झापाबाट करुणा श्रेष्ठ तथा काठमाडौंबाट सजनी जोशी, सुमिना महर्जन र विष्णु तिमिल्सिना अन्तिम प्रतिस्पर्धामा रहेका छन्।

कार्यक्रममा विद्यार्थी कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए भने गायक तथा संगीतकार ओम सुनार र लोकप्रिय गायिका तथा कार्यक्रम प्रस्तोता जुनु रिजाल काफ्लेले गीत प्रस्तुत गरी माहोललाई रमाइलो बनाएका थिए।

प्रतियोगिताको ग्रान्ड फिनाले आगामी असोज २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ। प्रतियोगिताको कोरियोग्राफी आश्विनीकान्त झाले गर्नेछन्।

Related Articles

Back to top button