CINEMANEWS

सिनेमा स्त्रीको शुभमुहूर्त,

सिनेमा संसार

काठमाडौं

सिनेमा ‘स्त्री’को शुभमुहूर्त गरिएको छ। ऋषि पञ्चमीको अवसर पारेर कमलादीस्थित गणेशस्थान मन्दिरमा क्यामेरा पूजा गर्दै सिनेमा निर्माणको शुभ साइत गरिएको हो।

जीवन शाहीको लेखन तथा निर्देशनमा बन्न लागेको यस सिनेमाको छायांकन भदौ १४ गतेदेखि सुरु हुने र काठमाडौँ आसपासमा ३५ दिनसम्म चल्ने जनाइएको छ।

मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राई र डा. सुकदेव बिस्ट निर्माता रहेको सिनेमामा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठ मुख्य भूमिकामा देखिनेछन्।सामाजिक कथामा बन्ने यस सिनेमामा बाल कलाकार दिप्सन चिलवाल र दीपेन्द्र चिलवालको समेत अभिनय रहनेछ।
सिनेमामा सङ्गीत बाबुल गिरी, द्वन्द्व देव महर्जन, सहनिर्देशक चन्द्र भण्डारी, प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेत र प्रोजेक्ट म्यानेजर सुवास काफ्ले रहेका छन्।

Related Articles

Check Also
Close
Back to top button