CINEMANEWS

जनै हराएको मान्छे : सम्बन्धका धागा’ प्रिमियरमा कलाकार भावुक

सिनेमा संसार
काठमाडौं

आज शुक्रबार रिलिजमा आएको सिनेमा जनै हराएको मान्छे : सम्बन्धका धागा ले प्रिमियरमै धेरैको मन जितेको छ। रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा उपस्थित अधिकांश दर्शक भावुक बने। अभिनेत्री केकी अधिकारी, गायिका अञ्जु पन्तलगायत कलाकारहरू सिनेमा हेर्दै गर्दा रोइरहेको दृश्य देखियो।

बुबा, आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथा पर्दामा हेरिरहँदा आँसु थाम्न नसकिएको दर्शकको प्रतिक्रिया थियो। विशेषगरी बुबाआमाले छोराछोरीका लागि गर्ने सम्झौता र छोराछोरीले जिम्मेवारी निर्वाह गर्ने क्रममा भोग्नुपरेको उजाडिएको जीवनकथा हेरिरहँदा धेरैलाई चसक्क बनाएको छ।

केकी अधिकारी र विजय बरालसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायत कलाकारले अभिनय गरेको यो सिनेमा हालसम्मकै सर्वाधिक कमाइ गरेको पूर्णबहादुरको सारंगी पछि विजय बरालको मुख्य भूमिकासहित आएको हो।

पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेद्वारा निर्मित यस सिनेमालाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन्।

Related Articles

Back to top button