CINEMANEWS

दयाहाङ राई र रिश्मा गुरुङको प्रिय जोडी फेरि पर्दामा

सिनेमा संसार

काठमाडौं

लामो समयपछि दयाहाङ राई र रिश्मा गुरुङ अर्थात् काजी र मैंयाको प्रिय जोडी फेरि पर्दामा फर्किंदै छन्।

गुरुङ सांस्कृतिक परिवेशमा सजिएको उनीहरूको पुनर्मिलन, खिलबहादुर गुरुङद्वारा निर्देशित सिनेमा रिमै को शीर्षक गीतमार्फत सार्वजनिक भएको छ। दीपक शर्माको शब्द रचना र संगीतमा बनेको गीतमा रीता केसी र अंशु लामा (अंश बहादुर गुरुङ) ले स्वर दिएका छन्। भिडियोमा दयाहाङ र रिश्मासंगै अर्पण थापा र गौमाया गुरुङको उपस्थिति छ। गीतले सिनेमाको भाव र सांस्कृतिक रंगलाई जीवन्त बनाएको छ।

सिनेमा आगामी भदौ २० गते देशव्यापी प्रदर्शनमा आउनेछ। रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्म्स् प्रालीको ब्यानरमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घलेले संयुक्त रूपमा निर्माण गरेको सिनेमामा कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, टेक गुरुङ, असिम सुब्बा, प्रेस्टु गुरुङ, प्रश्ना राना मगरलगायतका कलाकारले पनि अभिनय गरेका छन्।

वीरबल घले सिनेमाका कार्यकारी निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता रहेका छन्। सिनेमामा उपेन्द्र सुब्बाको लेखन, दीपक शर्मा र थानेश्वर गौतमको संगीत, शैलेन्द्रध्वज कार्कीको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको छ।

Related Articles

Check Also
Close
Back to top button