BOLLYWOODHOLLYWOOD

जातीय घृणाका कारण हराएकी नायिका

सिनेमा स‌‌सार

काठमाडाै‌

अहंकाररूपिणी (अहंकारको प्रतीक), पापी, वेश्या, मनुस्मृति नियम तोड्ने घृणित स्त्री — यी शब्दहरू मलयालम कवि कुरीपुजा श्रीकुमारको कविता   नाडीयुडेर     अथात अभिनेत्रीकाे रातमा उल्लेख छन्।ठ्याक्कै यस्तै भावनाहरू लगभग १०० वर्ष अघि मलयालम सिनेमाको पहिलो महिला अभिनेत्री पी.के. रोज़ीप्रति जातिवादी समाजले व्यक्त गरेका थिए, जब उनको पहिलो र अन्तिम फिल्म विगतकुमारन अथवा हराएकाे बच्चा  सार्वजनिक गरिएको थियो।पी.के. रोज़ी दलित समुदायबाट आएकी थिइन् र उनले यस मूक सिनेमामा नायिकाको भूमिका निर्वाह गरेकी थिइन्।यो  सिनेमा १९२८ मा (यद्यपि यो वर्षको बारेमा मतभेद छन्) तिरुवनन्तपुरममा प्रदर्शन गरिएको थियो। चलचित्र निर्माता जे.सी. डेनियलले यसलाई निर्देशन गरेका थिए, जसलाई मलयालम सिनेमाका जन्मदाता मानिन्छ।

जब फिल्ममा एक दलित महिला (रोज़ी) लाई उच्च जातिको नायर पात्रको रूपमा प्रस्तुत गरिएको देखियो, तब उच्च जातिका दर्शकहरू आक्रोशित भए। उनीहरूले थियटरमा तोडफोड गरे र डेनियल तथा रोज़ीलाई त्यहाँबाट भगाए। पछि साे भीडले रोज़ीको घरमा आगजनी समेत गर्यो।सन् २००३ मा श्रीकुमारको उक्त कविता मार्फत रोज़ीको पीडादायक घटनालाई पुनः सतहमा ल्याइयो, जसले उनलाई इतिहासमा हराएको पात्र बनाइदियो।रोज़ीको जीवनका बारेमा थोरै मात्र जानकारी उपलब्ध छ। गुगलले २०२३ मा उनको १२०औँ जन्मदिनमा डूडल समर्पण गरेको थियो, तर उनको वास्तविक जन्ममिति अझै पुष्टि हुन सकेको छैन।

लेखक वीनू अब्राहमले  नष्ट नाियका हराएकी नायिका नामक उपन्यास लेखेका छन्। उनका अनुसार रोज़ीको जन्म वा मृत्युबारे प्रामाणिक जानकारी उपलब्ध छैन, यहाँसम्म कि उनका चर्चित तस्बिरहरू पनि पुष्टि भएका छैनन्।रोज़ीको जन्म सन् १९०० को सुरुवाततिर तिरुवनन्तपुरमको पुलया समुदायमा भएको मानिन्छ, जसलाई समाजले अछुत मानेको थियो। उनी घाँस काट्ने काम गर्थिन्। तर, अभिनयप्रतिको रुचिले उनलाई कक्कारासी नाटक (एक लोक नाट्य शैली) मा प्रवेश गरायो।

मानािन्छ कि उनी कक्कारासी नाटकमा अभिनय गर्ने पहिलो महिला थिइन्। यही क्रममा उनको डेनियलसँग भेट भयो र उनले विगतकुमारनमा अभिनय गरिन्।तर,  सिनेमाकाे प्रीमियरपछि भएको हंगामाका कारण रोज़ीलाई आफ्नो ज्यान जोगाउन तिरुवनन्तपुरम छोड्नुपर्‍यो। भनिन्छ कि उनी एक ट्रकमा लुकीछिपी नागरकोइल पुगेकी थिइन्। पछि उनले उक्त ट्रक चालक केशव पिल्लैसँग विवाह गरिन्, जो नायर जातिका थिए। उनले आफ्नो वास्तविक पहिचान लुकाएर बाँकी जीवन त्यही समाजमा बिताइन्, जसले पहिले उनलाई अस्वीकार गरेको थियो। उनी १९८० को दशकमा निधन भएको बताइन्छ, यद्यपि स्पष्ट जानकारी छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button