CINEMANEWS

विराजले १२ गाउँ २ रोकेर साइन गरे राम नाम सत्य

सिनेमा संसार
काठमाडौं
सिनेमा १२ गाउँ २ बनाउन लागेको चर्चा चलिरहँदा नायक विराज भट्टले अर्को एक सिनेमा साइन गरेका छन्।
विराजले सिनेमा १२ गाउँ २ को काम तत्कालका लागि पछि सार्दै नयाँ सिनेमा राम नाम सत्य साइन गरेका हुन्। सिनेमाका निर्देशक माइकल चन्द र नायक विराज भट्टविच सोमबार कागजी संझौता भएको छ। सिनेमा १२ गाउँ रिलिज भएपछि विराजको चर्चा र क्रेज फेरि एकपटक चुलिएको छ । उनलाई सिनेमा अफरको लाइन लागेको छ। तर विराजले होम प्रोडक्सनको सिनेमाको काम समेत रोकेर राम नाम सत्यसाइन गर्नुलाई महत्वका साथ हेरिएको छ। सिनेमाको कथावस्तु र पटकथा निकै मन परेपछि विराज यो सिनेमामा काम गर्न तयार भएका हुन्।
निर्देशक चन्दले दर्शकले यो सिनेमामा केही फरक र विशेष गर्ने योजना लिएका कारण नै प्रि–प्रोडक्सनमा समय लगाएको बताएका छन्। नायक विराज भट्टले पनि यो सिनेमामा काम गर्न आफू उत्साहित रहेको बताएका छन् ।म्युजिक भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो सिनेमाको निर्देशन गर्न लागेका हुन् भने सिनेमामा कथा पनि उनको नै छ। सिनेमाको छायांकन आउँदो वर्षबाट सुरु गर्ने योजना माइकलको छ ।सिनेमामा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने ५ भने स उत्तम गुरुङ, उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहनेछ। नरेन्द्र शाह र सन्तोष अर्याल सिनेमाका कार्यकारी निर्माता हुन्। यो सिनेमालाई एक्सन, लभ स्टोरी, कमेडीको कथामा निर्माण गरिनेछ। सिनेमाका लागि अन्य कलाकार एकपछि अर्को रुपमा जानकारी दिदै जाने योजना निर्माण पक्षको छ।

Related Articles

Check Also
Close
Back to top button