NEWS

अभिनेत्री गौरी मल्ललाई मातृशोक

सिनेमा संसार
काठमाडौं

चर्चित अभिनेत्री गौरी मल्लकी आमा हेमकुमारी मल्लको ८८ वर्षको उमेरमा निधन भएको छ। उनी विगत केही समयदेखि मुटु रोग लगायत विभिन्न स्वास्थ्य समस्यासँग संघर्षरत थिइन्। करिब २५ दिनदेखि अस्पतालमा उपचाररत रहेकी हेमकुमारीको विहीबार दिउँसो २:४५ बजे गंगालाल अस्पतालमा निधन भएको हो।उनकी कान्छी छोरी सञ्चारकर्मी लक्ष्मी मल्लका अनुसार हेमकुमारीको मुटुको बाईपास सर्जरी भएको थियो, र पछिल्लो समय उपचारकै क्रममा उनलाई दुई पटक भेन्टिलेटरमा राखिएको थियो।बिहीबार साँझ पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जलि दिन चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीसहित विभिन्न फिल्मकर्मीहरू उपस्थित भएका थिए।हेमकुमारी मल्लका दुई छोरीहरू गौरी मल्ल र लक्ष्मी मल्ल रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button