CINEMANEWS

११ः५५ (डु नट ट्रस्ट एनीवन) मा रक्तिम कलाकार

सिनेमा संसार
काठमाडौं
केशव पाण्डेको डेव्यु निर्देशनमा बनेको सिनेमा ११ः५५ (डु नट ट्रस्ट एनिवन) को बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ।
क्राइम थ्रिलर जनरामा निर्मित सिनेमाको ३ मिनेट २८ सकेण्ड लामो ट्रेलरमा मानिसले आफ्नो स्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति प्रस्तुत गरेको छ। ट्रेलरमा सिनेमाका ५ मुख्य कलाकारलाई रक्तिम अवतारमा प्रस्तुत गरिएको छ। शहरीया परिवेशमा धोका जालझेल र आफ्नो स्वास्थपुर्तिका लागि जस्तोसुकै कदम चाल्न सक्ने प्रवृति पात्रमा देखिन्छ।
लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गरेको छ। सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी, डेव्यु अभिनेता सागर खनाललगायतले अभिनय गरेको सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन, अलल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी र पासाङ दावा शेर्पाको सम्पादन रहेको छ।

 

Related Articles

Check Also
Close
Back to top button