CINEMANEWS

शर्मिलाको फिल्ममा प्रदीप र गौरव

सिनेमा संसार

निर्मात्री शर्मिला पाण्डले नया“ फिल्म बनाउने तयारीमा जुटेकी छन्। यसअघि फिल्म लभ लभ लभ, आमा, परस्त्री लगायत निर्माण गरिसकेकी शर्मीला अभिनेता समेत रहेका आफ्‌ना छोरा सुरज पाण्डेले निर्देशन गर्ने नया“ फिल्मको काम अगाडि बढेकोबताईन्।
फिल्मका लागि हालै उनले नायक प्रदीप खड्का र गौरव बिष्टसंग कुराकानी गरेकी छन् । प्रदीपका साथ भेटपछि निर्मात्री पाण्डे भन्छिन् प्रदीपजीले ६ महिनापछि समय दिन सक्छु भन्नुभयो।केही समयपछि अमेरिका गएर सुरजसंग भेट गर्ने र स्क्रिप्ट पनि सुन्ने कुरा गर्नुभएको छ । हामी फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा नै गर्छौ । शर्मिलाका अनुसार, सो फिल्ममा २ जना नायक रहनेछन्। गौरवलाई लिएर शर्मिलाले फिल्म परस्त्री निर्माण गरेकी थिइन् भने गौरव र प्रदीपले फिल्म पिताम्बर मा पनि सहकार्य गरेका थिए । फिल्मका निर्देशक सुरजले फिल्म परस्त्री निर्देशन गर्दै निर्देशनमा डेब्यू गरेका थिए ।

Related Articles

Check Also
Close
Back to top button