
सिनेमा संसार संवाददाता
काठमाडौं
लालिसा मनोबाल, जसलाई लिसा भनेर चिनिन्छ, ब्ल्याकपिङ्क समूहबाट अलग भएर एकल सङ्गीतिक करियरमा अघि बढ्दैछिन्। उनले आफ्नो पहिलो एकल एल्बम “अल्टर इगो” सार्वजनिक गरिसकेकी छिन।जसले उनको सङ्गीतिक क्षमतालाई नयाँ तरिकाले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
सङ्गीत मात्र नभई, लिसा अब अभिनय क्षेत्रमा पनि पाइला चाल्दैछिन्। उनले एचबीअङअेको चर्चित टिभी श्रृंखला द ह्वाइट लोटसमा आफ्नो अभिनय यात्रा सुरू गर्न लागेकी छन्। यस टेलिभिजन शोमा उनले कुन भूमिका निभाउनेछिन् भन्नेबारे विस्तृत जानकारी बाहिर आएको छैन,तर यसले उनको कलाकारिता यात्रालाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
योसँगै लिसाले आफ्नै व्यवस्थापन कम्पनी स्थापना गरेकी छिन्।जसले उनको एकल करियरलाई अझ व्यवस्थित रूपमा अघि बढाउन मद्दत गर्नेछ। साथै, उनले आरसीएसँग सम्झौता गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो गायन क्षमता प्रस्तुत गर्ने योजना बनाएकी छिन्।
यधपी उनी एकल करियरमा केन्द्रित भइरहेकी छिन्, उनले आफ्नो पुरानो समूह ब्ल्याकपिङ्कका अन्य सदस्यहरूसँग आफ्नो सम्बन्ध मजबुत रहेको बताएकी छन्। उनीहरू आपसमा राम्रो सम्बन्ध राख्दै भविष्यमा सहकार्य गर्ने सम्भावना पनि रहेको अनुमान गरिएको छ।लिसाको नयाँ सङ्गीत यात्रा र अभिनय करियर उनका फ्यानहरूका लागि निकै उत्साहजनक भएको छ। अब उनी आफ्नो नयाँ पहिचानको खोजीमा छन्।जसले उनलाई विश्वव्यापी रूपमा अझ ठूलो कलाकारका रूपमा स्थापित गर्न सक्छ।