BOLLYWOODHOLLYWOOD

सलमान खानका प्रेमिकाहरू : विवाहको तयारीदेखि ब्रेकअपसम्म

सिनेमा संसार
काठमाडौं

बलिउड अभिनेता सलमान खानको प्रेमसम्बन्धको सूची लामै छ, तर यी वर्षे ह्यान्डसमले अझैसम्म विवाह गरेका छैनन्। विभिन्न समयमा विभिन्न अभिनेत्रीहरूसँग प्रेमसम्बन्धमा रहेका सलमानसँग विवाह गर्न मरिहत्ते गर्ने प्रेमिकाहरू थुप्रै रहे।

संगीता बिजलानी
सलमान खानको पहिलो प्रेमिका संगीता बिजलानी थिइन्। उनी सलमानलाई पाउनका लागि निकै इच्छुक थिइन्। १९९४ मा उनीहरूको विवाहको तयारी भएको थियो र विवाहको कार्डसमेत छापिएको भनिन्छ। तर, विवाहकै तयारी भइरहेका बेला संगीताले सलमानको अन्य युवतीसँगको प्रेमसम्बन्धबारे थाहा पाएपछि विवाह रद्द भयो। पछि संगीता क्रिकेटर मोहम्मद अजहरुद्दीनको दोस्रो श्रीमती बनिन्। तर, उनको वैवाहिक सम्बन्ध पनि लामो समय टिक्न सकेन। २०१० मा उनीहरू अलग भए। संगीता र सलमान भने अहिले पनि राम्रो साथीको रूपमा रहेका छन्।

सोमी अली
पाकिस्तानी मूलकी अभिनेत्री सोमी अलीको प्रेमसम्बन्ध बलिउडमा निकै चर्चित थियो। उनी १९९१ मा सलमानसँग विवाह गर्ने सोचले अमेरिकाबाट मुम्बई आएकी थिइन्। त्यसबेला उनको उमेर १६ वर्ष मात्र थियो। सलमानको फिल्म मैने प्यार किया हेरेर प्रभावित भएकी उनले भारत जाने निर्णय गरिन्। तर, पछि फिल्म हम दिल दे चुके सनम को सेटमा अभिनेत्री ऐश्वर्या राय र सलमानको अफ-स्क्रिन रोमान्स सुरु भएपछि उनी अमेरिका फर्किइन्। हाल उनी सामाजिक संस्थामा सक्रिय छिन्।

जरिन खान
बलिउडमा जरिन खानलाई ल्याउने श्रेय सलमानलाई जान्छ। उनले फिल्म वीर बाट जरिनलाई बलिउडमा इन्ट्री गराएका थिए। केही समय प्रेमसम्बन्धमा रहेका उनीहरूको सम्बन्ध लामो समय टिक्न सकेन।

डेजी शाह
अभिनेत्री डेजी शाहलाई सलमानले फिल्म जय हो बाट बलिउडमा प्रवेश गराएका थिए। फिल्मको सेटबाट उनीहरू नजिकिए, जसले गर्दा उनीहरूको प्रेम चर्चा बलिउडमा व्यापक भयो। तर, उनीहरूको सम्बन्ध पनि धेरै समय टिकेन। एक अन्तर्वार्तामा डेजीले सलमानबारे खुलेर बोलेकी थिइन्। उनका अनुसार, बलिउडमा उनलाई मात्र सलमानले काम दिएका थिए, अन्यले उनलाई काम दिन गाह्रो माने। केही फिल्ममा काम गरे पनि उनले सोचेको स्थान पाउन सकिनन्।

कट्रिना कैफ
अभिनेत्री कट्रिना कैफलाई बलिउडमा स्थापित गराउन पनि सलमान खानको ठूलो हात रहेको छ। कट्रिना सलमानसँग विवाह गर्न चाहन्थिन्, तर सम्भव नभएपछि उनले अभिनेता विक्की कौशलसँग प्रेमविवाह गरिन्। कट्रिनाको विवाहमा सलमानले उनलाई तीन करोड भारुको रेन्ज रोभर कार उपहार दिएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button