सिनेमा संसार
काठमाडौं।
मोडल हन्ट नेपाल २०२५ को फाइनलमा ४८ प्रतियोगी भिड्ने भएका छन्।
प्रतियोगीताको फाइनलका लागि छनौट चरणको बिभिन्न अडिसनबाट ३० फिमेल र १८ मेल गरेर ४८ प्रतियोगी छानिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी गराएकी छन्।
प्रतियोगिताका विजेताले ५ लाख रुपियाँ बराबरको पुरस्कारका अलावा आगामी सेप्टेम्बरमा कम्बोडियामा हुने मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए। प्रतियोगीताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटफर्मको सृजना गर्ने अध्यक्ष धमलाको दाबी छ।