CINEMANEWS

पूर्ण बहादुरको सारंगीका निर्देशक पौडेलले कोशेढुंगा बनाउने

सिनेमा संसार
काठमाडौं
ब्लकबस्टर सिनेमा पूर्ण बहादुरको सारङ्गीका निर्देशक सरोज पौडेलले कोशेढुंगा नामक सिनेमा निर्माणको घोषणा गरेका छन्।
पौडेलले थिम पोस्टर सार्वजनिक गर्दै सिनेमा निर्माणको घोषणा गरेका हुन्। थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमीमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएकि छन्। माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ। परपर क्षितिज छ। घुरमैलो कलरले पहाडी कठिन जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र क्षितिजले भेट्न नसकिने सपनाको संकेत गरेको छ। डाँडामा उभिएर पहाडलाई हेर्दै गरेकी महिलाले पहाडी जीवन छोडेर सपना पछ्याउने हिँडेको अर्थ लगाउन सकिन्छ।
निर्माण पक्षले जानकारी गराएअनुसार सिनेमा २०८२ मा रिलिज हुनेछ। नरदेवी फिल्म्स्को व्यानरमा प्रेविल कँडेल र हरि महतले निर्माण गर्ने सिनेमामा दिनेश खड्का कार्यकारी निर्माता रहेका छन्।
सिनेमामा संगीत रिदम कँडेल र आषिश अविरल, डिओपी बाबु श्रेष्ठ र सम्पादन सुरेन्द्र पौडेलको रहनेछ।
निर्देशक पौडेलले निर्देशन गरेको पूर्ण बहादुरको सारङ्गीले नेपालको बक्स अफिसबाट मात्रै ५० करोड रुपियाँभन्दा बढी संकलन गरी नेपाली सिनेमा उद्योगमा सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राखिसकेको छ।

 

Related Articles

Check Also
Close
Back to top button