CINEMANEWS

प्रिमियरमा कार्साङले पायो उत्साहजनक प्रतिक्रिया

सिनेमा संसार
काठमाडौं
सिनेमा कार्साङले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ।
बुधबार साँझ राजधानीमा गरिएको प्रिमियरमा सहभागी कलाकार तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिले कार्साङलाई हेर्नैपर्ने मौलिक सिनेमा भनेका छन्। शेर्पा समुदायको मौलिक कथा भन्ने सिनेमाले उनीहरूको संस्कार र संस्कृति देखाउन नचुकेको कलाकारहरूले बताएका छन्।
सिनेमाको प्रियिमरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के खनाल, वितरक, निर्माता तथा निर्देशक अशोक शर्मा, बसन्त निरौला, कलाकार केदार घिमिरे ’माग्ने बुढा’, हास्य कलाकार किरण केसी (रातामकै), कवि विप्लव प्रतीक, कलाकार अनुप बराल, मनिष राउत, गायक कमल खत्री, मेलिना मैनालीलगायत सहभागी थिए।
सिनेमा हेरेपछि केदार घिमिरेले कार्साङ अत्यन्तै राम्रो सिनेमा बनेको प्रतिक्रिया दिए। विषयवस्तु र अभिनय दुवैको तारिफ पाएकाले दर्शकले सिनेमा मन पराउनेमा निर्माणपक्ष ढुक्क छ।
भोलि शुक्रजार रिलिज हुने सिनेमा कार्साङ यम शेर्पाले निर्देशन गरेका हुन्। सिनेमाले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गरेको छ।
सिनेमामा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतका कलाकारले अभिनय गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button