BOLLYWOODHOLLYWOOD

अभिनेत्री तमन्ना साईबरको फन्दामा

सिनेमा संसार संवाददाता
काठमाडौ

फेयरप्ले एपमा आईपीएल २०२३ को अवैध प्रसारणको सम्बन्धमा भारतको महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलाएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनलाई अप्रिल २९ मा महाराष्ट्र साइबरमा उपस्थित भनिएको छ। सन् २०२३ मा फेयरप्ले एपमा आईपीएलको अवैध स्ट्रिमिङको मामिलामा सोधपुछका लागि उनलाई बोलाइएको हो। यसअघि पनि सो विषयमा धेरै कलाकारलाई सोधपुछका लागि बोलाइएको थियो भने हाल भने प्रहरीले तमन्नालाई पनि बोलाएको हो। प्रहरीले अवैध स्ट्रिमिङको बारेमा यी कलाकारलाई पहिले नै जानकारी थियो कि थिएन भनेर पत्ता लगाउन कोसिस गरिरहेको छ । यसअघि अभिनेता सञ्जय दत्तलाई पनि सोधपुछमा बोलाइएको थियो तर उनी भारतमा नभएका कारण बोलाएको मिति र स्थानमा सोधपुछका लागि उपस्थित भएनन् । यसका लागि उनले आफ्नो बयान रेकर्ड गर्न नयाँ मिति र समय मागेका छन्।अवैध स्ट्रिमिङको मामलामा भायकमले करोडौं रुपैयाँ घाटा बेहोर्नुपरेको थियो। फ्येरप्ले एक अनलाइन खेल पुस्तक प्लाटफर्म हो । खेललाई यो प्लाटफर्ममा अवैधरुपमा स्ट्रिम गरिएको थियो । यस विषयमा डिजिटल पाइरेसीको मुद्दा समेत दर्ता भएको थियो ।

Related Articles

Back to top button