CINEMANEWS

गीतमा आयो दाल भात तरकारी

सिनेमा संसार संवाददाता
काठमाडौं
आगामी वैशाख २० गतेलाई रिलीज डेट तोक्दै दाल भात तरकारी नामक सिनेमाको शिर्ष गीत दाल भात तरकारी सार्वजनिक गरिएको छ। शुक्रवार राजधानीको दरमावरमार्गस्थित क्युज सिनेमामा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरीएको हो।
गीतमा शम्भुजित बासकोटाको संगीत, राजेशपायल राई र स्मीता दाहालको स्वर तथा हास्य अभिनेता हरीवशं आचार्यको शब्द रहेको छ। गीतमा हरिवंश आर्चाय, पुष्प खड्का, निरुता सिंह र आँचल शर्मालाई फिचरिङ गरिएको छ। सार्वजनिक गीतमा कोरियोग्राफी प्रविन सिंहले गरेका छन्। सिनेमा सुदन केसीको डेब्यु निर्देशनमा बनेको हो।
कार्यक्रममा बोल्दै हास्य अभिनेता मदनकृष्ण श्रेष्ठल सिनेमाको पहिलो गीत भिजीट भिषालेजस्तै सार्वजनिक गीतलाई पनि दर्शकले मन पराउने बताए। अर्का हास्य अभिनेता तथा निर्माता हरीवशं आचार्यले दाल भात तरकारीमा समावेश हुने तीन ओटै गीत आफु विदेशमा हँुदा सिर्जना गरेको स्मरण गर्दै शिर्ष गीतचाहिँ पत्नीका साथ मर्निङ वाक गईरहेको बेला एक घण्टामा तयार पारेको बताए। प्रस्तुतकर्ता किरण केसीले दाल भात तरकारीमा हासो मात्र भएको उल्लेख गरे। नायक पुष्प खड्काले गीत सार्वजनिक भए पश्चात आफु अब दर्शकको प्रतिक्रिया कुरीरहेको बताए। नायिका आँचल शर्माले सिनेमा तथा गीतमा आफुहरुले निकै मेहनत गरेको र दर्शकको साथ र मायाको खाचो रहेको बताईन। अर्की नायिका वर्षा राउतले फिल्मको गीत आफुलाई निकै मन परेको र दर्शकले झन माया गरीदिनु पर्ने बताईन्।
संगीतकार शम्भुजित बासकोटाले दाल भात तरकारीमा मात्र नभएर मह सञ्चारबाट निर्मित त त साह«ै बिग्रिस नि बद्री, जे भो राम्रै भोजस्ता सिनेमामा पनि आफुले संगीत गरेको कारण यो आफ्नो लागि ह«ायट्रिक भएको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button