CINEMANEWS

जात्रै जात्रा वैशाखमा

सिनेमा संसार संवाददाता
काठमाडौं
सिनेमा जात्राको सिक्वेलको रुपमा बनेको जात्रै जात्राले प्रदर्शन मिति तय गरेको छ। सिनेमाका प्रस्तुतकर्ता रविन्द्र सिंह बाँनियाका अनुसार सिनेमा २०७६ साल वैशाख २७ गते अल नेपाल रिलिज हुनेछ। सिनेमा प्रदीप भट्टराइले निर्देशन गरेका हुन्।
जात्रै जात्राले सुरुमा फागूण १७ गतेलाई प्रदर्शन मिति तय गरेको थियो। तर, सिनेमाका मुख्य नायक विपिन कार्कीको बाइक दुर्घटनामा परेर खुट्टा भाँचिएपछि सिनेमाको छायांकन प्रभावित भएको थियो। सिनेमाको छायांकन प्रभावित भएका कारण प्रदर्शन मिति पनि प्रभावित भएको हो। योसँगै बैशाख महिनामा आशा गरिएका २ सिनेमा दाल भात तरकारी र जात्रै जात्रा रिलिज हुने भएका छन्।
यादव पौडेल र सिंगे लामाले निार्माण गरेको सिनेमामा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र रविन्द्र सिंह बाँनियाको मुख्य भूमिका छ। दयाहाङ राइलाई पनि विशेष अवतारमा देख्न सकिनेछ। यसैविच, सिनेमामा समावेश माया पिरिम बोलको गीत आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ। यो गीतमा करिश्मा मानन्धर, निश्चल बस्नेत र सारा सिर्पालीको नृत्य हेर्न सकिनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button