MUSICNEWS

राजेश र कमलसँगै झुमे दर्शक

सिनेमा संसार संवाददाता
नेपालगञ्ज, बाँके
नेपालको चर्चित गायकको प्रस्तुतिमाझ नेपालगञ्जले २०१९ लाई स्वागत गरेको छ। नेपालगञ्ज म्युजिक फेस्टिभलमा नेपालका चर्चित गायक राजेशपायल राई, कमल खत्रीलगायत आधा दर्जन गायकले आफ्नो प्रस्तुति राखेका थिए।
सोमबार राती नमस्ते रिसोर्टमा म्युजिक फेस्टिभल आयोजना गरिएको हो। कार्यक्रम हेर्न मध्य पुसको चिसो राति भीडभाड बढ्दै थियो। सोही बेला गायक राजेशपायल राईले प्रस्तुति दिँदा त्यहाँको वातावरण एकाएक तानिन पुगेको थियो।सबैजना राजेशसँगै तालमा ताल मिलाएर गाउन थाले। राजेश पनि दर्शकसँगै हौसिँदै गाउन थाले। उनले दर्शन नमस्तेलगायतका गीतहरु गाएर माहौल तताए। दर्शकको उत्साह बढ्यो। उनको मन मानेन। उनले सो गीत चारपटकसम्म गाए। कार्यक्रममा राजेशसँगै कमल खत्रीका साथै नेपाल आइडल १ का सुजाता पाण्डे र सुरज थापाले पनि प्रस्तुति दिए। हाँस्यव्यग्य कलाकार सन्दीप क्षेत्रीले कार्यक्रममा दर्शकलाई हसाए भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले गरेका थिए।
राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारले पनि फेस्टिभलमा आफ्नो प्रस्तुति राखेका थिए। आवाज डी ब्याण्ड, छमछमी सिजन ३ का सेकेन्ड रनर्सअप शेखर घर्तीमगर, श्रृष्टि शाही, सुस्मिता शाहीलगायतले नृत्य प्रस्तुत गरेका थिए। फेस्टिभलमा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, ४ नम्बर बाहिनी प्रमुख निरज पौडेल, जिल्ला प्रहरी प्रमुख अरुण पौडेललगायतका उपस्थिति थियो। फेस्टिभल बलामी फिल्म इन्टरटेन्टमेन्टले आयोजना गरेको हो।
कार्यक्रममा ढाका टोपी दिवसको अवसरमा नेपाली ढाका टोपी लगाइएको थियो। कलाकारदेखि दर्शकहरुले उक्त टोपीलगाए । यसले नेपाली ढाका टोपीको प्रचारप्रसार भएको आयोजक समिर बलामीले जनाए। फेस्टिभल अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा गरिएको थियो। कार्यक्रम शारदा इभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा भएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button