MUSICNEWS

एकल साँझबाट मोहित तुल्याइन् देविकाले

सिनेमा संसार संवाददाता
काठमाडौं
बालिकाहरुलाई शिक्षा दिलाउन रोटरी क्लब त्रिपुरेश्वरद्वारा राजधानीको प्रज्ञा भवनमा शुक्रबार आयोजित देविका वन्दना एकल साँझमा गायिका देविका वन्दनाले लगातार ३ घण्टासम्म गीत प्रस्तुत गरेर दर्शकलाई मोहित तुल्याएकी छिन्।
दर्शकको खचाखच भिडका बिच सम्पन्न एकल साँझमा देविकाले साँढे २ दर्जन चर्चित गीत प्रस्तुत गरी दर्शकलाई मोहित तुल्याएकी थिइन्। उनले दर्शकलाई फिल्मी, आधुनिक पप , नेवारी तथा हिन्दी गीतमा दर्शकलाई मोहित बनाएकी हुन्।
देविकाले यस्तै रहेछ यहाको चलन, एउटा परदेशी, यो माया के हो, भरे आउछु सपनीमा, मलाई नेपली माया मन पर्छ, वस तेरा नाम, जिगु बैश, अच्छा लेकिन सुन सुन सनम, तलतल तलतल वेसीमा मैच्या मन चंगा भोजस्ता लोकप्रिय गीतहरु प्रत्यक्ष वाध्यवादनमा गाएकी प्रस्तुत गरेकी थिइन्। देविकालाई शम्भुजित बास्कोटा, आनन्द कार्की, नरहरी प्रेमी, राजन ईशान, दिक्षित पौडेल विजेश पौडेल, राजेश महर्जनलगायत गायकहरुले साथ दिएका थिए।

Related Articles

Back to top button