NEWS

निर्माताले सिटी सेन्टरमा खोले फुड स्टेशन

सिनेमा संसार संवाददाता
काठमाडौं
नेपालका चर्चित कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सिताराम कट्टेल ‘धुर्मुस’, केदार घिमिरे ‘माग्ने बुढा’, जीतु नेपाल ‘मुन्द्रे’, दीपकराज गिरी, दीपाश्री निरौला, रबिन्द्र खड्कालगायतका कलाकारहरु काठमाण्डौको सिटि सेन्टरमा भेटिएका छन्।
सेन्टरको चौथो तल्लामा नेपाली सिनेमाका निर्माता मोहनकृष्ण श्रेष्ठद्वारा सञ्चालित नाईन्टीन सेभेन्टी सेभेन फुड स्टेशनको शभारम्भको अवसर पारी कलाकारहरुको जमघट गरिएको हो। फुड स्टेसनको यहि गते पुष १६ गतेबाट ग्रयाण्ड ओपनिङ्ग गरिएको हो। उद्घघटनको अवसरमा स्टेशनमा पाईने विभिन्न परिकार कलाकारले चाखेका थिए। उक्त अवसरमा फुडस्टेशन ग्राहकको सन्तुष्टीमा प्रतिवद्द रहनेमा कलाकारहरुले बिश्वास व्यक्त गरे। स्टेशनको पुष १७ गतेसम्म उद्घघाटन सत्र रहेको छ। यो फुड स्टेसनमा चाईनिज, कोरियन, कन्टिनेन्टल, बलिउड बिरयानी, दुबाई क्याफेटेरियासहित विभिन्न स्वाद र प्रकारको खाना र डोमेस्टिक तथा इम्पोर्टेट ब्राण्डका पेय पदार्थको मज्जा लिन सकिने बताईएको छ। बिग मुभिज सिनेमा पनि सोही स्थानमा रहेकोले सिनेमा हेर्न आउने दर्शकहरुले सिनेमाको साथै विभिन्न प्रकारको खानाको मज्जा लिन सञ्चालक मोहनकृष्ण श्रेष्ठले बताए।
फुड स्टेशनलाई मोहन कृष्ण श्रेष्ठ, वाईएल लामा, शैलेस प्रजापती, मनिष राजभण्डारी, महेश कार्की र दीपक जोशीको समूहले सञ्चालनमा ल्याएको हो।

Related Articles

Check Also
Close
Back to top button