CINEMA

नाईं नभन्नु लको पहिलो संस्करणदेखि नै विकासको रोजाई थिइन् केकी

सिनेमा संसार संवाददाता
काठमाडौं
आगामी शुक्रबार अल नेपालल रिलीज हुने सिनेमा नाईं नभन्नू ल ५ मा कलाकारको रुपमा फाइनल हुने केकी अधिकारी अन्तिम कलाकार थिइन्। फ्लोरमा जाने समयसम्म पनि निर्देशक विकास आचार्यले नाईं नभन्नू ल ५ मा केकीले अहिले गरेको भूमिकाका लागि कलाकार भेटेका थिएनन्। उनको दिमागमा केकी थिइन्। त्यसै बेला केकीले निर्माण गरेको कोहलपुर एक्सप्रेस रिलिजको संघारमा थियो। यस्तो समयमा केकीलाई अभिनयका लागि आग्रह गर्न आचार्यको मुख खुलेन। टिमकै एक सदस्यले कुरा गरिहेर्नु न भनेपछि आचार्यले केकीलाई त्यो रोल अफर गरेका थिए। जसलाई केकीले सजिलै र खुशीसाथ स्विकारिन्।
आचार्यले केकीलाई नाईं नभन्नू ल सिरिजमा अभिनय गर्न प्रस्ताव लिएर गएको पहिलो पटक भने थिएन। आचार्यले नाईं नभन्नु ल को पहिलो शृंखलामै हिरोइनका लागि केकीलाई आग्रह गरेका थिए। त्यसबेला केकीले स्वरबाट डेब्यु गर्ने निर्णय गरिसकेकी थिइन्। आचार्यले केकीलाई तेस्रो शृंखलामा पनि अफर गरेका थिए। तर केकीले सोही समयमा अर्को फिल्ममा व्यस्त भएका कारण यो फिल्म पनि गर्न पाइनन्। तर, फेरि जब ५ बाट पनि अफर आयो, उनले यो अवसर गुमाउन चाहिनन्।
‘विकास अंकलले पहिलो फिल्मदेखि नै मलाई सम्झने गर्नु भएको थियो। विविध कारणले गर्न पाएको थिइनं। फेरि नाईं नभन्नु ल ५ मा काम गर्ने अवसर आयो, मैले एक सेकेन्ड मै हुन्छ भनेकी हु । मलाई आफ्नै फिल्म तयार गर्ने प्रेसर थियो। त्यसका बावजुद यो पाली चाहिँ नछाडने निर्णय गरेँ,’ केकीले भनिन्।
केकी नेपालकै सबैभन्दा चर्चित ब्रान्ड सिनेमामा काम गर्न पाउँदा खुशी लागेको बताईन्। ‘हाम्रो लागि नाईं नभन्नू ल सिनेमा नभई एउटा परिवार हो। यस्तो चर्चित परिवारको अंग बन्न पाउँदा निश्चय नै एक्साइटेड थिएँ। त्यो एक्साइटमेन्ट रिलिज नजिक आउँदा झनै बढेको छ,’ केकीको भनाई छ। यो सिनेमामा काम गर्ने निर्णय गर्न निर्देशक आचार्यको इगोरहित बानीले पनि प्रेरित गरेको उनी बताउँछिन्। उनको अनुभवमा एक चोटि काम गर्न नमानेको कलाकारसँग निर्माता निर्देशकले इगो लिएर दोस्रो पटकदेखि कुरै गर्दैनन्। ‘तर विकास अंकलले कहिलै मेरो इन्कारलाई त्यसरी लिनु भएन। यही कारण हो, नाईं नभन्नु ल ५ मा हामीले सँगै काम गर्यौं,’ केकीले भनिन्। सिनेमामा केकीका अलावा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, स्वस्तिमा खड्का आदि कलाकारको अभिनय रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button