FASHION

सुशान्तकाजी थाल्याण्डाको प्रतियोगितामा

सिनेमा संसार संवाददाता
काठमाडौं
थाइल्याण्डमा हुने म्यान अफ दि इयर २०१८ मा नेपालको प्रतिनिधित्व सुशान्तकाजी श्रेष्ठले गर्ने भएका छन्। ३१ देखि ३१ अगष्टसम्म थाइल्याण्डमा हुने प्रतियोगिताको उनी एक मात्र नेपाली प्रतियोगी हुन्।
१० प्रतियोगीलाई पछि पार्दै मिष्टर काठमाडौ २०१८ं बनेका श्रेष्ठ भारत, थाइल्याण्ड, इन्डोनेशिया, जापान, फिलिपिन्स लगायत ३० भन्दा बढि राष्ट्रका प्रतियोगीसँग उपाधिका लागि भिड्नेछन्।
नेपाली कला संस्कृति झल्कने बिभिन्न पोसाक कार्यक्रमका लागि आफुले तयार पारेको श्रेष्ठले बताए। ‘नेपाली कलासंस्कृति र भेषभुषा अन्टराष्ट्रिय क्षेत्रमा चिनाउँन मलाई यो एक महत्वपुर्ण अवसर हो’ श्रेष्ठले भने ‘देशको नाम राखेर फर्किने छु।’ नेपालका मौलिक गीत संगीत समेत आफुले कार्यक्रम लिएर जाने श्रेष्ठले खुलाए। एक्सपोज नेपालले श्रेष्ठलाई प्रतियोगीतामा पठाउन लागेको हो।

Related Articles

Check Also
Close
Back to top button