FASHION

फेसन नाइटको तयारी

सिनेमा संसार संवाददाता
मोडलिङ जगतको सम्मान र नेपाली फेसनको प्रवद्र्धन गर्ने भन्दै सहित राजधानीमा इवीजा फेसन नाइट २०१८ गरिने भएको छ। भदौ २३ गते इवीजा लाउन्ज ठमेलमा आयोजना हुने फेसन नाइटमा १४ फिमेल र ४ मेल मोडलले ¥याम्प नाप्नेछन्।
पार्टीवेयर, वेडिङ लगायत थिममा ४ फेसन डिजाइनरले तयार गरेको बिभिन्न आधुनीक पहिरन मोडलले कोरियोग्राफर सृजना रेग्मीको कोरियोग्राफीमा ¥याम्पमा प्रस्तुत गर्नेछन्। इवीजा फेसन नाइटमा सहभागी हुने मोडल छान्ने उदेश्यले मंगलबार राजधानीमा मोडल सेलेक्सन अडिसन समेत भएको थियो। मोडल अभिनेत्री सृजना रेग्मी, सुपर मोडल सविता कार्की, मोडल मनचिज शाक्य, नेक्स्ट मोडल नेपालका सिइयो रवी धमला लगायत छनौट अडिसनको निर्णायक रहेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button