CINEMA

अभिनेता हमाल फ्लाइटेकमा

सिनेमा संसार संवाददाता
काठमाडौं
फ्लाइटेक इन्टरनेशलले राजधानीको चुच्चेपाटीस्थित केएल टावरमा विस्तार गरेको शाखाको अभिनेता राजेश हमालले बुधबार शुभारम्भ गरेका छन्। एयर होस्टेस बन्न चाहनेहरुलाई उत्कृष्ट प्रशिक्षण प्रदान गर्दै आएको फ्लाइटेकको शाखा अभिनेता हमालले शुभारम्भ गरेका हुन्।
केएल टावरको पाँचौ तलामा रहेको शाखा उद्घाटन गर्दै अभिनेता हमालले एयर होस्टेस प्रशिक्षण दिने उत्कृष्ट इस्न्टिच्युट बनेकामा फ्लाइटेकलाई बधाई दिए। सन् २००६ मा राजधानीको न्युप्लाजाबाट नाजिर हुसैनले फ्लाइटेक सुरु गरेका हुन्। स्थापनाकाल यता फ्लाइटेकले दर्जनौ डमेस्टिक तथा अन्तर्राष्ट्रिय एयरलायन्सका लागि लक्ष एयर होस्टेस उत्पादन गरिसकेका छन्। १२ वर्षको अन्तरालमा देशकै उत्कृष्ट एयर होस्टेज स्कुलका रुपमा फ्लाइटेक स्थापित भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button