MUSIC

रीमा र मिलनको जोडी

सिनेमा संसार संवाददाता
काठमाडौं
रेडियो नेपालका अंग्रेजी समाचारवाचक तथा लोकप्रिय गायक महेन्द्र रायमाझी नया“ गीत हेर यी आ“खामा लिएर दर्शक तथा स्रोतामाझ आएका छन । उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
यूवा गीतकार डिपी खनालको शब्द रचनाको गीतलाई युवा संगीतकार शंकर थापा स्माइलले संगीतबद्ध गरेका छन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन छ।
युवराज वाइवाद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा तथा नयाँ कलाकार मिलन खड्काले उत्कृष्ट अभिनय गरेका छन्। भिडियोमा रीमा र मिलनको जोडी आकर्षक देखिएको छ।
भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरे यो भिडियोका सम्पादक हुन्।

Related Articles

Back to top button