BOLLYWOODHOLLYWOOD

आईटम डान्सरको मूल्य

एजेन्सी।
आईटम गीत फिल्म हिट गराउने फर्मुर्लामध्ये एक हो। त्यसैले हिजोआज सिनेमामा आईटम गीत वा आईटम डान्स राख्ने चलन बढ्दो छ। बलिउडमा करिना कपुरदेखि दिपिका पादुकोणसम्म आईटम डान्सर बनिसकेका छन्। यस्ता छन बलिउडका बलिउडका महंगा आईटम डान्सर :

सन्नी लीयोन लिन्छिन् ५ करोडसम्म

क्यानेडियन पोर्न स्टार सन्नी लीयोन बलिउडमा सबैभन्दा महगी आईटम डान्सरमा पर्छिन्। उनको बलिउडका आईटम डान्समा सबैभन्दा बढि डिमान्ड पनि छ। उनले शाहरुख खानजस्ता सुपरस्टारको सिनेमा रईसमा समेत काम गरीसकेकी छिन्। उनी एउटा आईटम डान्सको लागि ४ देखि ५ करोड भारतिय रुपिया लिने गर्छिन्। उनले डान्स गरेका आईटम गीतहरु चर्चित रहने गर्र्छन्।

प्रियंका चोपडाको रेट ४ करोड

प्रियंका चोपडाले पनि राम चाहेजस्ता आईटम डान्स गरीसकेकी छिन्। उनी एक गीतमा काम गरेवापत ३ देखी ४ करोड लिने गर्छिन्। उनी ए ग्रेड सिनेमामा पनि आईटम डान्स गर्न मन पराउँछिन्।

कट्रीना कैफ लिन्छिन् ३ करोड

शीलाकी जवानी, चिकनी चमेलीजस्ता आईटम संगहरुमा नायिका कट्रिना कैफले बेजोड प्रस्तुछि दिएकी छिन्। उनी एक आईटम डान्सको लागि करीव ३ करोड लिन्छिन भने सम्बन्धको आधारमा आईटम गीतमा काम गर्छिन्।

दीपीका पादुकोणको रेट पनि ३ करोड

कट्रिनाजस्तै दिपिका पनि साथी, निर्देशक तथा हिरोको लागि आईटम डान्स गर्न तयार हुन्छिन् र करीव ३ करोड रुपियाँ लिन्छिन्।

ज्याकलिन फर्नान्डीसलाई २ करोड

बागी २ मा ज्याकलिनले एक, दो, तीन बोलको आईटम गीतमा काम गरेकी थिइन्। तर गीत खासै रुचाईएन। उनी १ गीतको लागि २ करोड रुपियाँ लिने गर्छिन्।

मलाईका अरोराको इन्ट्रेस्ट हरायो

मुन्नी बदनाम हुई, अनारकली डीस्को चलीजस्ता गीतमा बलिउडकी आईटम डान्सर मलाईका अरोरा हाल भने आईटम संगमा त्यति रुचि राख्दिनन्। उनको फिस २ करोड रुपियाँ रहेको छ।

उर्वर्शी रटौलाको मूल्य ५० लाख

उर्वर्शी रटौलाले अभिनय डान्स गरेको आईटम संग सारा जमाना निकै हिट भयो। उनी करीव ५० लाख रुपियाँ फिस लिन्छिन्।

Related Articles

Check Also
Close
Back to top button