CINEMA

शिल्पा र अनुपसँगै बाँदर

सिनेमा संसार संवाददाता
काठमाडौं
एक्शन सिनेमा वीराङ्गनाको ट्रेलरमा त्यसका मूख्य कलाकारहरु शिल्पा पोखरेल र अनुपविक्रम शाहीसँगै बाँदर छाएको छ।
आगामी असार २९ गतेबाट रिलिज हुन लागेको सिनेमाको ट्रेलरमा मूूख्य कलाकारहरु शिल्पा पोखरेल, अनुपविक्रम शाही, पृथ्व राज प्रसाईदेखि घोडा र बाँदरसम्मलाई देखाइएको छ। ट्रेलरमा प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजाललगायतलाई पनि देख्न सकिन्छ।
महिला शसस्त्र प्रहरीको विरतामा आधारित वीराङ्गना लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको छ। राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको सिनेमा फोर्थ आई मुभिजको ब्यानरमा निर्माण गरिएको छ। सिनेमामा धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटालगायतको पनि अभिनय रहेको छ भने दीपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ।

Related Articles

Back to top button