CINEMAMUSICNEWS

किन लाग्छ मायाको धौले धन्सार

सिनेमा संसार
काठमाडौं
सिनेमा किन लाग्छ मायामा समावेश गीत धौले धन्सार सार्वजनिक गरिएको छ।
कुबेर तामाङको निर्देशनमा बनेको सिनेमाको प्रदर्शन मिति सन् २०२६ लाई तोकिएको छ। सार्वजनिक धौले धन्सार बोलको गीतलाई लोक शैलीमा तयार पारिएको छ।
गीतमा पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’को स्वर, डाक्टर अशाबहादुर तामाङको शब्द रचना र पुष्कर सुनुवारको संगीत रहेको छ । गीतको भिडियो रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु सञ्जित भण्डारी, जान्हवी बस्नेत, ऋचा थापा, मिस पबी र हिउँवाला गौतमको साथमा नव–नायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीको नृत्य हेर्न रहेको छ।
राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रवीन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला, गीता अधिकारीलगायतका कलाकारले अभिनय गरेको सिनेमा सञ्जित भण्डारी र मोनु खड्काले निर्माण गरेका हुन्। सिनेमामा स्याडो रियलको कथा र शब्द, रामकाजी घिमिरेको पटकथा र संवाद, राजेन्द्र खड्गीको एक्सन निर्देशन, रामशरण उप्रेती र रामकुमार केसीको डीओपी तथा बनिष शाह र नविन चौधरीको सम्पादन रहेको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button