
सिनेमा संसार
काठमाडौं
आगामी माघ २६ गते रिलीजमा आउने सिनेमा रमिताको पिरतीमा समावेश गीत जुनी भर बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
सार्वजनिक गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ। स्वरमा उनलाई अस्मिता अधिकारीले साथ दिएकी छिन्। रोमान्टिक शैलीको गीतमा सिनेमाका मुख्य २ कलाकार आना शर्मा र विनय श्रेष्ठलाई प्रस्तुत गरिएको छ। भिडियोमा विनयले आनालाई फकाउँदै गरेको र आनाले नमानेको दृश्य छ। गीतको भिडियोमा झोलेइज्म, जेनिश महर्जन र प्रियतनाको छायांकन, झोलेइज्मको सम्पादन र कृतिका बरालको कोरियोग्राफी छ ।
सेरो फिल्म्सुको व्यानरम ाबनेको सिनेमामा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्लेलगायतका कलाकारले अभिनय गरेका छन्। सुदिप्ताको लेखन र निर्देशन तथा सागर लम्सालको निर्माणमा बनेको सिनेमामा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत, शिशिर बिशाङ्खेको डीओपी र सुनिल सिभाकोटीको सम्पादन रहेको छ।




