CINEMANEWS

४२ दिनमा सकियो बब डाई

सिनेमा संसार
काठमाडौं
सौगात मल्ल र सिम्रन पन्तले प्रमूख भूमिकामा अभिनय गरेको मुख्य भूमिका रहेको सिनेमा बब डाईको छायांकन ४२ दिनमा सकिएको छ। काठमाडौंको सम्पुर्ण छायांकन चन्द्रागिरी र किर्तिपुर नगरपालिकाभित्र कासकिएको सिनेमाका निर्देशक प्रवीण श्रेष्ठले जानकारी गराए।
प्रविणका अनुसार निर्माण टिम अब प्रोस्ट प्रोडक्सनमा लागेको छ। दुई गीतबाहेक स्क्रिप्टका दृश्यका सम्पुर्ण छायांकन सकिएको निर्देशक श्रेष्ठले जानकारी गराएका छन्।
रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्म्स्को सहकार्यमा निर्माण भईरहेको सिनेमामा किर्तिपुरको एक युवाको कथा छ। अभिनेता सौगातले बब डाईको भूमिका निर्वाह गरेका छन्। निर्देशक श्रेष्ठका अनुसार नेवारी भाषामा दाईलाई डाई भनिने भएकाले फिल्मको नाम बब डाई राखिएको हो। सिनेमा कमेडी जनरामा निर्माण गरिएको छ। तर कमेडीसँग धेरै कुरा पाइने निर्देशक श्रेष्ठ बताउँछन्।
सिनेमामा सौगात र सिम्रनको साथमा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन, बालकलाकार अग्रिम पण्डितलगायतले अभिनय गरेका छन्।
मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको सिनेमाको एसोसिएट निर्देशक दिनेश बहादुर राउत हुन् भने श्याम तामाङको टिमले छायाँकन गरेका छन् सम्पादन निर्देशक प्रबिन श्रेष्ठले नै गर्नेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button