
सिनेमा संसार
काठमाडौं
राजधानी काठमाडौंले अब नयाँ धड्कन पाएको छ । एक्स ओ क्लबको भव्य उद्घाटनसँगै, नेपालको नाइट लाइफ अब आकार, ध्वनि र अनुभवको नयाँ युगमा प्रवेश गरेको छ । करिब ३० करोड रुपियाँको ठूलो लगानीसहित बनेको यस स्थलले देशकै मनोरञ्जन क्षेत्रमा नयाँ स्तर स्थापित गरेको छ ।
सुरुवातदेखि नै एक्स ओ क्लबले आफू फरक हुने संकेत दिएको थियो । औपचारिक उद्घाटन हुनु अघि नै, आफ्टर आवर्ससँग मिलेर गरिएको अन्डर–कन्स्ट्रक्सन पार्टीले काठमाडौंलाई पहिलो पटक विश्वस्तरीय क्लबको झलक दिएको थियो ।
नेपालमै पहिलो पटक यहाँ विश्व प्रसिद्ध एडमसन स्पिकर जडान गरिएको छ, जुन विश्वका ठूला क्लब र फेस्टिभलले प्रयोग गर्दै आएका छन् । क्यानडाबाट स्वयं कालोस सालाबेरी आएर यसलाई ट्युन गरेका थिए । अत्याधुनिक लाइटिङ, साउण्डप्रुफिङ र अत्याधुनिक प्रभावसँगै संगीतप्रेमीलाई पूर्ण रूपमा डुब्ने अनुभव दिलाउनेगरी तयार गरिएको छ ।
यसको प्रभाव र अनुभव मात्र होइन, पछाडिको काम गर्ने टोली पनि उतिकै सक्षम छ । टिम एक्स एलका संस्थापक शमशन्द्र मित्रकारको नेतृत्वमा बनेको यस परियोजनामा विनय अमात्य (प्रोजेक्ट स्टुडियो प्रोडक्सनका संस्थापक तथा ख्यातिप्राप्त अडियो इञ्जिनियर) समेत संलग्न छन् । १०० भन्दा बढी जनशक्तिको टोलीले अन्तर्राष्ट्रिय स्तरकै सेवा सुनिश्चित गरेको छ ।