EVENTNEWS

‘मिस भिवा–२०२५’ को उपाधि जेशिका सिंह ठकुरीलाइ

सिनेमा संसार

काठमाडौं

 मिस भिवा–२०२५ को उपाधि जेशिका सिंह ठकुरीले जितेकी छन्। राजधानीको याक एण्ड यति होटलमा बुधबार सम्पन्न ग्रान्ड फाइनलमा १५ जना अन्तिम प्रतिस्पर्धीलाई पछि पार्दै उनले विजेताको ताज पहिरिएकी हुन्।

प्रतियोगितामा निसिता जोशी फर्स्ट रनर–अप, निशा श्रेष्ठ सेकेन्ड रनर–अप, आस्मा रिजाल थर्ड रनर–अप र टिना परियार फोर्थ रनर–अप बने।विभिन्न सब–टाइटलहरूमा पनि प्रतियोगीहरूले सफलता हासिल गरे। आस्मा रिजालले ‘मिस आईसीटी अवार्ड’ जितिन् भने विजेता जेशिकाले ‘मिस ब्यूटिफुल स्किन’ र ‘बेस्ट इन इभिनिङ गाउन’ उपाधि थप पाइन्। निशा श्रेष्ठ ‘मिस बेस्ट मेकअप लुक’, टिना परियार ‘मिस बेस्ट इन स्विमसुट’ र आकृति घिमिरे ‘मिस इको क्विन’ बने।

कार्यक्रममा हालै ‘मिस ग्रान्ड इन्डिया–२०२५’ को ताज जितेकी विशाखा कंवरले पनि विशेष उपस्थिति जनाएकी थिइन्।आयोजक उमङ्ग क्रिएसनका संस्थापक उद्धव अधिकारीका अनुसार यो प्रतियोगिता छैटौँ संस्करण हो। सन् २०२३ सम्म विजेतालाई ‘मिस युनिभर्स’मा पठाइए पनि त्यसपछिबाट ‘मिस ग्रान्ड इन्टरनेशनल’मा सहभागी गराउने व्यवस्था गरिएको हो। यसपटकको विजेताले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् भने रनर–अपहरूले विभिन्न पुरस्कार प्राप्त गर्नेछन्।

संस्थापक अधिकारीले भारतसँगको सहकार्यमार्फत प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने तयारी भइरहेको बताए। उनका अनुसार यस्ता सौन्दर्य प्रतियोगिताले केवल सौन्दर्य मात्र नभई सांस्कृतिक आदान–प्रदान र पर्यटन प्रवर्द्धनमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।विजेतालाई श्री ओम ज्वेलर्सले डिजाइन गरेको करिब २५ लाख रुपैयाँ मूल्य बराबरको आकर्षक क्राउन प्रदान गरिएको थियो।

Related Articles

Check Also
Close
Back to top button