MUSICNEWS

यमनको ठट्टा, बुनु र श्रीकृष्णको स्वरमा जुङ्गा कालो पारेर सार्वजनिक

भिडियो सहित

सिनेमा संसार
काठमाडौं

गायक श्रीकृष्ण बम मल्ल र गायिका बुनु श्रेष्ठको स्वरमा सजिएको नयाँ तीज गीत ‘जुगा कालो पारेर धमाकेदार शैलीमा सार्वजनिक भएको छ। गीतका शब्द र संगीत पनि श्रीकृष्ण बम मल्लकै सिर्जना हुन्, जसले यसलाई अझ मौलिकता प्रदान गरेको छ।

भिडियोको रोचक पक्ष भनेकै हास्य कलाकार तथा गायक यमन श्रेष्ठको विशेष प्रस्तुति हो। उहाँकै परिकल्पना, स्क्रिप्ट, संवाददेखि अभिनय र नृत्यसम्म समेटिएको भिडियो सुरुवातमै रमाइला संवादले दर्शकलाई हसाउँछ।गीतले विवाहित जोडीबीचको प्रेम, ठट्टा र जीवनशैलीलाई रमाइलो तरिकाले प्रस्तुत गरेको छ। भिडियोलाई अझ आकर्षक बनाउन बुनु श्रेष्ठ र बिना राउतसँगै यमन श्रेष्ठले अभिनय गरेका छन्। राजिव समरको निर्देशन र कोरियोग्राफीमा तयार भएको यस भिडियोमा पशुपति श्रेष्ठ, बद्री श्रेष्ठ र केटेन्द्र शाहको क्यामेरा–कला रहेको छ।

लोकप्रिय स्टुडियो साउण्डमिलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस तीज गीतले यस वर्षको तीजलाई झन् रमाइलो बनाउन थालेको छ।

Related Articles

Back to top button