MUSIC

जगदिशको ए ठुली सार्वजनिक

सिनेमा संसार संवाददाता
काठमाडौं
कुनै समयका चर्चित गायक जगदिस समालको नयाँ गीत ए ठुली नाकैमा फुली म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। इन्द्र देब सुबेदीले लेखेको यो गीतमा संगीत नारायण सुबेदी आवशको र उदयराज पौडेलको एरेन्ज रहेको छ। रोमान्टिक गीतलाई फर्पिङमा खिचिएको छ।
गीतको म्युजिक भिडीयोमा गीतकार इन्द्रदेब सुबेदी र सृष्टि खड्का देखिएका छन्। भिडियो निर्देशन निसान घिमिरेले गरेका हुन् भने कोरियोग्राफी सुरेन बस्यालले गरेका छन्। म्युजिक भिडीयोमा अजय रेग्मीको छायाँकन र बिकास दाहालको सम्पादन रहेको छ।

Related Articles

Check Also
Close
Back to top button