CINEMANEWS

सकियो शिवांश च्याप्टर १ को छायांकन असोज २४ गते प्रदर्शन

सिनेमा संसार

काठमाडौं

कलाकार तेज गिरी र विमला लिम्बु अभिनीत सिनेमा ‘शिवांश’को छायांकन सकिएको छ। पोखराको पामे क्षेत्रमा ३६ औं दिनको सुटिङमार्फत सिनेमाको छायांकन कार्य पूरा गरिएको हो।सिनेमाको छायांकन काठमाडौं र पोखराका विभिन्न स्थानमा गरिएको थियो। अन्तिम दिन ‘उकुसमुकुस’ शीर्षकको गीत छायांकन गरिएको जानकारी दिइएको छ।यो सिनेमामा तेज गिरीले यसअघिका रोमान्टिक भूमिकाबाट फरक रुपमा एक्सन पात्रको रूपमा अभिनय गरेका छन्। विमला लिम्बु उनको प्रमुख सहकलाकारका रूपमा प्रस्तुत भएकी छन्।सिनेमालाई सन्तोष आत्रेयले निर्देशन गरेका हुन् भने निर्माण अञ्जन केसीले गरेका छन्। कथा स्वयं अञ्जन केसीले लेखेका हुन् भने पटकथा बारत लिम्बूले तयार पारेका छन्। सहनिर्मातामा शोभा केसी र अनिशा केसी बोगटी छन्।नृत्य निर्देशन विक्रम चौहानले गरेका छन्। संगीत न्ह्यु बज्राचार्य र राजनराज शिवाकोटीको रहेको छ। गीत लेखनमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको संलग्नता छ। गायनमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ।एक्सन कोरियोग्राफी मिलन श्रेष्ठले गरेका छन् भने छायांकन शरद महतोले सम्हालेका छन्।’शिवांश : च्याप्टर १’ असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।

Related Articles

Check Also
Close
Back to top button