
सिनेमा संसार
काठमाडौं
पर्फमर दुर्गेस थापाको दुश्मन हेरेको हेर्यै बोलको गीतले युट्युबमा १० करोड भ्यूज बटुलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गीतका सर्जक दुर्गेश थापालाई बधाई दिएका छन्।
आइतबार बेलुका प्रधानमन्त्री ओलीले सामाजिक संजाल फेसबुकमा एक स्टयाटस् लेख्दै उनलाई बधाई दिएका हुन्। नया पिढीले बेग्लै स्वादका गीतसंगीतमा रुचि देखाउन थालेको दुश्मन हेरेको हेर्यै गीतबाट थाहा हुन्छ।दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई।दुर्गेशले पनि प्रधानमन्त्रीको सो स्टाटस सेयर गर्दै आफ्नो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको बताएका छन् ।
पछिल्लो समय प्रधानमन्त्री ओलीको दल नेकपा एमालेले आयोजना गर्ने कार्यक्रममा नया पुस्ताका कलाकार तथा व्याण्डलाई प्राथमिकता दिदै आएको छ