NEWS

करेन्ट लागेर रविकी आमाको निधन

सिनेमा संसार संवाददाता
काठमाडौं
नेपाल आइडल सिजन २ का विजेता रवि ओडकी आमा विष्नादेवी ओडको निधन भएको छ। बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ४५ वर्षकी उनले अत्तरिया अस्पतालबाट सेती अञ्चल अस्पताल लैजाँदै गर्दा निधन भएको हो।
बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी उनलाई अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट करेन्ट लागेको थियो। त्यसपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पु¥याईएको थियो। अहिले उनको शव अञ्चल अस्पतालमै राखिएको छ। केही दिन अघि मात्र नेपाल आइडलको उपाधि जितेका रविले जितको खुसियाली मानाउँदै गर्दा उनको परिवारमा यो विपत्ति आएको हो।
रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृह जिल्लामै रहेका बेला यो घटना भएको हो। रविका तीन भाइ र दुई बहिनी छन्। जन्म दिने आमालाई पहिला नै गुमाएका रविसहित यी भाईबहिनी सबैलाई विष्नाले नै हुर्काएकी थिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button