BOLLYWOODHOLLYWOOD

चौथो श्रीमतीबाट आठौं सन्तानको पिता बन्दै अभिनेता ग्रामर

सिनेमा संसार

काठमाडौं
अमेरिकी अभिनेता केल्सी ग्रामर फेरि एकपटक बुवा बन्ने तयारीमा छन्। ७० वर्षीय फ्रेजियर स्टार र उनकी ४६ वर्षिया श्रीमती केटी वाल्श चौथो सन्तानको प्रतिक्षामा छन्। यस भन्दा अघि उनीहरुको १२ वर्षिय फेथ,दश वर्षिय गाब्रियल र ८ वर्षिय जेम्स गरि तीन सन्तान रहेका छन्। आगामी सन्तान ग्रामरको लागि भने आठौं सन्तान हुनेछ।
केल्सी र केटीले सन् २०११ को फेब्रुअरीमा न्यूयोर्क सिटीमा विवाह गरेका थिए। विवाहअघि, ग्रामरले रियm हाउसपवाईभ्स अफ वेभर्ली हिल्सकी कलाकार क्यामिल ग्रामर सँग सम्बन्धविच्छेद गरेका थिए। जसका साथ उनका छोरी २३ वर्षिैय छोरी म्यासन र २० वर्षिय छोरा जेड रहेका छन्।
त्यस भन्दा अघि ग्रामरको पूर्व पत्नी डोरीन एल्डरम्यान र पूर्व प्रेमिका बेरि बक्नरको तर्फबाट पनि ४१ र ३३ वर्षिया एक एक छोरी रहेका छन्।
ग्रामरले पहिले एक अन्तरवार्तामा आफ्‌नो अभिनय करियरले आफूलाई राम्रो बाबु बन्न सहयोग गरेको समेत बताएका थिए।मेरो सबैभन्दा खुसीको क्षण भनेको मेरा सबै बच्चाहरू एउटै कोठामा हु“दा हो, उनले गत जुनमा भराईटिका साथ कुराकानीको क्रममा भनेका थिए।कामले मलाई त्यो अवसर दिएको छ। जीवनमा धेरै पीडा, चुनौती, संघर्ष र दुःख पनि आए, तर यसले मलाई धेरै अनुभव दिएको छ — जुन म आफ्‌ना बच्चाहरूसँग बा“ड्न चाहन्छु।गत मे महिनामा उनले पिपुल म्यागजिनलाई दिएको अर्को अन्तरवार्तामा आफू पुराना बच्चाहरूस“ग सम्बन्ध सुधार्न प्रयासरत रहेको बताएका थिए।
मैले केही बच्चाहरूलाई, विशेष गरी सुरुका दुईलाई, समय दिन सकेको थिइनँ, अब अलि सुधार गर्ने कोसिस गर्दै छु। म अझै तिनीहरूका बाबु हु“ त्यसैले अझै बाबुको रुपमा उपस्थित हुन सक्छु।उनले अबका बच्चाहरूलाई आफ्‌ना अघिल्ला गल्तीबाट सिकाउन चाहेको पनि बताएका छन्।

Related Articles

Check Also
Close
Back to top button